२०८१ चैत्र ११ गते सोमवार

विवादबारे जिम्मेवार व्यक्तिले प्रष्ट धारणा राख्नुपर्छ :मुख्यमन्त्री पोखरेल



१६ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टी भित्र देखिएको विवादका विषयमा जिम्मेवार व्यक्तिले स्पष्टरुपमा धारणा राख्न सक्नुपर्ने बताएका छन् ।

नेकपामा पछिल्लो समय बढिरहेको विवाद र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलमटारमा राखेको भनाइप्रति लक्षित गर्दै आईतबार सामाजिक संजाल फेसबुक मार्फत  पार्टी भित्रको विवादका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन् ।

आज आफू पक्षधर नेताहरुसँग खुमलटार भेलामा प्रचण्डले पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका थिए ।

सोही भनाइपछि नेता पोखेरलले विवादका बेला अर्कोले के भन्यो ? भन्दा पनि आफ्नो धारणा के हो रु स्पष्ट हुनुपर्ने बताए ।

‘विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो रु भन्नु राम्रो हो । अर्कोले के भन्यो रु भन्दा सदैव आग्रह मिसिन्छ’, उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्