१६ कात्तिक । दाङमा प्रहरीले हजारौ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १८ फुर्सेखालीबाट वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा आईतवार बरामद गरी नष्ट गरेको हो । विभिन्न व्यक्तिले तयार गरी राखेको अवैध घरेलु मदिरा बरामद गरी नष्ट जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले रक्सी ४० लिटर, अवैध घरेलु मदिरा जाँड १४२ ड्रममा राखेको अन्दाजी ४०५० लिटर, मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र मदिरा निर्माण गर्न प्रयोग गरिने ८ सेट भाडा बरामद गरिएको प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैह्र कानुनी भएकाले यस्ता प्रकारका कार्य नगर्न र नगराउन दाङ प्रहरीले सवैमा आग्रह गरेको छ ।