२०८१ माघ ५ गते शनिवार

सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन



१६ कात्तिक । सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको छ ।
सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्