२०८१ माघ २६ गते शनिवार

एकै दिन ३६२० संक्रमित डिस्चार्ज हुँदा थपिए २८ सय २४



कार्तिक १६।  पछिल्लो २४ घण्टायता देशभर कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन्। आजको पिसिआर १३ हजार २३ रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ रहेका छन्।

कोरोनासम्बन्धी दैनिक गरिने मिडिया ब्रिफिङ हाल भने हप्ताको दुई दिन (आइतबार र बुधाबार०)हुने गरेको छ। आज प्रवक्ता गौतमले बताएअनुसार देशभरका क्वारेन्टाइनमा अझै पनि २ हजार ३ सय ८६ जना बसिरहेका छन्।

त्यस्तै होम आइसोलेसनमा ३० हजार ९ सय ८६ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ जना छन्। आज काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा मात्रै १ हजार ३ सय ६२ जना छन् भने भक्तपुरमा ९६ जना र ललितपुरमा १ सय ६२ जना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्