२०८१ चैत्र ११ गते सोमवार

दाङमा प्रहरीद्धारा ३ लाख भन्दा बढी नगद सहित पाँच जुवाडे पक्राउ



१६ कात्तिक । दाङमा ३ लाख भन्दा बढी नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १८ नवलपुर स्थित बसन्ता रावतको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले आईतवार विहान १ बजे उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा घोराही १० बस्ने २६ बर्षिय अनिल कुमार थापा, सोहि ठाउँका २५ बर्षिय केशब डाँगी,२६ बर्षिय कमल रावत , घोराही– १५ का २७ बर्षिय बसन्त भण्डारी र घोराही १८ बस्ने ३६ बर्षिय धर्म ज्ञवाली रहेको प्रहरी प्रमुख चन्दले जानकारी दिएका छन् । प्रहरीले उनीहरुको साथबाट ३ लाख २३ हजार ६० रुपैया नगद र तासका गड्डीहरु बरामद गरेको उनले बताएका छन् । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्