१६ कार्तिक । दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ६७ घर निर्माण हुदै छन । आर्थिक रूपमा विपन्न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २ सय ६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन । सरकारले संचालन गरेको कार्यक्रमबाट जिल्लाका बिभिन्न स्थानमा रहेका लाभग्राहि हरु निकै खुसि छन र भन्छन हाम्रो देशमा पनि सरकार रैछ । सरकारले दिएको यो खुसिमा भने लाभग्राहिले घर निर्माणमा लाग्ने सबै खर्च दिए अझै यस्ता गरीब दुखिलाई राहत मिल्ने गुनासो गर्छन ।
उक्त कार्यक्रम अन्र्तगत रोल्पामा १ सय १२, प्यूठानमा १ सय १० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन । दाङमा गत आर्थिक बर्षमा छनोट भएका बबई गाँउपालीकामा २० , दंगिशरण गाँउपालीकामा १७ , शान्तिनगर गाँउपालीकामा १३,तुलसिपुर उपमहानगरपालीकामा ५३ ,घोराहि उपमहानगरपालीमा ५६,बंलाचुली गाँउपालीकामा ३६ लमहि लगरपालीकामा २९ राप्ति गाँउपालीकामा १३ ,गढवा गाँउपालीकामा १५ र राजपुर गाँउपालीकामा २१ घर निर्माण सम्पन्न हुन लागेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेर बहादुर केसिले बताउनुभयो । उँहाले घर निर्माणको लागि ३ किस्ता रकम समेत बितरण गरेको बताउनुभयो ।
सरकारले उक्त कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन ।