२०८१ माघ २६ गते शनिवार

रंगशाला अलपत्र हुन दिन्नौं : रेणु दाहाल



१५ असोज,काठमाडौं –

धुर्मुस सुन्तली फाउण्डेसनको पहलमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम केही दिनदेखि रोकिएको छ । फाउण्डेसनलाई १६ करोड रूपैयाँ ऋण लागेपछि रंगशालाको काम अवरुद्ध भएको हो ।

फाउण्डेसनले चितवन महानगरपालिकासँगको समन्वयमा रंगशाला निर्माण सुरू गरेको थियो । रंगशालाका लागि जग्गा उपलब्ध गराएको महानगरले अन्य सहजीकरण पनि गर्दै आएको छ । अहिले रंगशाला निर्माण स्थगित भएपछि भने महानगरको औपचारिक प्रतिक्रिया बाहिर आएको छैन ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने रंगशाला निर्माण अलपत्र पर्न नदिने नेपाल प्रेससँग बताइन् । फाउण्डेसनले रंगशाला निर्माण सम्पन्न गर्न नसके सम्झौतअनुसार महानगर जिम्मा लिन तयार रहेको उनको भनाइ छ ।

‘हामी सम्झौताबाट पछि हट्दैनौं, बाँकी कामको जिम्मा लिएर यसलाई चाँडोभन्दा चाँडो सम्पन्नतातर्फ लैजान तयार छौं,’ उनले भनिन्, ‘होइन, फाउण्डेसन आफैंले यसलाई अघि बढाउँछ भने पनि हाम्रो आवश्यक सहयोग हुन्छ ।’

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्