२०८२ बैशाख १० गते मङ्गलवार

‘बाबा म तपाईलाई प्रेम गर्छु’ भन्दै नायिकाले गरिन् आत्महत्या



एजेन्सी । कन्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आफ्नै घरमा मृत भेटिएकी छिन् । उनले आत्महत्या परेको भारतिय मिडियाले उल्लेख गरेको छ । उनको मृत्युसंगै चार पान्नाको सुसाइट नोट पनि भेटिएको छ ।

उक्त नोटमा लेखिएको छ ‘मेरो मानसिक स्थिती ठिक छैन, म अब यो भन्दा धेरै टेन्सन लिन सक्दिन ।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ ।

सुसाइट नोटमा उनले लेखेकी छिन् ‘यस्तो कदम उठाएकोमा मलाई आफैंप्रति खेद छ । बाबा म तपाईलाई बहुत प्यार गर्छु । जबकी मैले तपाईसंग कुरा पनि गरेकी थिएँ । अब यो भन्दा बढी म झेल्न सक्दिन ।’

आमासंग पनि क्षमा माग्दै हजुरआमाको ख्याल गर्न सुझाएकी छिन् । सौजन्या डेढ वर्षदेखी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताए ।

सारीको पासो लगाएर उनी आफ्नै कोठामा झुण्डिएकी थिइन् भने प्रहरीले ढोका फुटाएर उनको शव बाहिर निकालेको थियो । सौजन्या कन्नड टेलिभिजन उद्योगकी चर्चित कलाकार थिइन् । उनले टेलिश्रृङखलाको साथै दक्षिण भारतीय केही फिल्ममा पनि अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्