२०८१ माघ २६ गते शनिवार

सल्यानमा जिपले ठक्कर दिंदा ५ जना छात्रा गम्भीर घाइते



१५ असोज, सल्यान –
सल्यानमा जिपले ठक्कर दिंदा ५ जना छात्रा गम्भीर घाइते भएका छन् । बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा शिवजन मावि सितलपार्टीमा अध्ययनरत पाँच जना छात्रा गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान १० बजे विद्यालय आउँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका–२ बाङ्गेसल्ला भन्ने स्थानमा सल्लाको छहारीमा सितलमा उभिएका छात्राहरुलाई जिपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट घाइते हुनेमा शारदा नगरपालिका–६ की १८ वर्षीया मीना परियार, २० वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशिला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी, १८ वर्षीया सुनीता नेपाली रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका सबैलाई श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएको जिप शिवजन माविका छात्रालाई ठक्कर दिएपछि दुर्घटनामा परेको र सडकदेखि १० मिटर तल खसेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । जिप चालक २५ वर्षीया टंकप्रसाद ओलीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्