२०८१ चैत्र १० गते आइतवार

अर्घाखाँचीमा पहिराेमा परी एक बालिकाकाे मृत्यु, तीन जना घाइते



१६ भदौ,अर्घाखाँची – अर्घाखाँचीमा पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको पाणिनि गाउँपालिका-७ अडगुरीका जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेकी छन् ।

मंगलबार साँझ आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताए । घाइतेहरूको अवस्था सामान्य रहेको छ । उनीहरू स्थानीय मेडिकलमा उपचार गराई घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्