२०८१ चैत्र १० गते आइतवार

प्रकाश सपुत पछि आफ्नै परिकल्पनामा भिज्दै निर्देशक बिक्रम चौहान “ए बरै” बजारमा



१६ भदौ,घोराही – केहि दिन यता नेपालमा जातीयताका मुद्धा उठेका छन् तर कार्यनीति कार्यनयन भने हुन् सक्दैनन् । मानिस एउटा परिवर्तनलाई पछ्याउने प्राणी हो । छुवाछुत प्रथा अर्थात् जातीय विभेद एक सामाजिक कुप्रथा हो। यो हाम्रो राष्ट्रकै एक जटिल समस्याको रूपमा रहेको छ। यसको समाधानका लागि लामो समय देखि विभिन्न नीतिगत र संरचनात्मक प्रयासहरू हुँदै आएका छन् । तर कार्वान्वयन भने भएको छैन यो अर्को पिडादायी अवस्था हो ।

कतिपय व्यक्तिहरू केही सामाजिक चेतना स्तर उठेका, बुझेका भएतापनि मिश्रित सामाजबाट बहिष्कृत हुने डरले सुषुप्त अवस्थामै बस्न रुचाउँछन्। उनीहरू आफू र आफ्नो व्यवहारलाई परिवर्तन गर्ने आँट गर्न सक्दैनन्। जातीय विभेदका लागि यो सबैभन्दा ठुलो चुनौती हो । प्रविधि र शिक्षासंगै जातीय जातीयताले झन् विकराल अवस्था सृजना गरेको छ । तर म बदलिनु पर्छ ।

यसै सन्दर्भमा हामी सवै नेपाली एक हो र हामीले चेतना बदल्नु पर्छ कि अनेक जातजाति छैन संसारमा हामि एक महिला एक पुरुष मात्रै हुन् । गित संगितको दुनियाँमा बिगत लामो समय देखि अनेक हण्डर झट्का खादै आज यो ठाउँमा आईपुग्दासम्म निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेका दर्जनौ गित नेपालि सांगीतिक बजारमा जिवितै रहेका छन् । बिक्रम चौहानले बिभिन्न विधाका प्रायजसो निर्देशन तथा कोरियोग्राफर गर्दै आएका छन् । कतिपय गित निकै नै लोकप्रिय बनेका छन् । बिक्रम चौहानको निर्देशन तथा कथा परिकल्पनामा कथा बस्तुमा समय सान्दर्भिक कुरालाई खेलाउन सिपालु निर्देशक चौहानले”ए नि बरै”बोलको गित निर्माण गरेका छन् ।

यो गीतमा पनि भिडियो दृश्य निकै नै कारुणिक रुपमा प्रस्तुत गरेका छन् । हाम्रो समाजमा घट्ने गरेका यथार्त कुरालाई बटुलेर भिडियोमा कैद गराएका छन् । अझै पनि हाम्रो समाजमा होस् या त् समबन्धित निकायमा होस् बास्तबिकता भन्दा परको कुराको चियो चर्चा गर्ने चलन हटेको छैन । बल बुता र दाममा अडेको हाम्रो समाजको धज्जी उडाएको छ ।

लोकप्रिय गायिका देबी घर्तीको सुमधुर आवाज रहेको गीतमा नेत्र अर्यालको शब्द सिर्जना बहुप्रतिभाका धनि सर्जक ऋषि खड्काको लय रहेको गीतको म्युजिक भिडियो प्रकाश खड्काले छायाँकन गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका छन। उक्त मन छुने गीतमा सुरक्षा पन्तले कारुणिक अभिनय गरेकी छिन भने साथमा रमेश अधिकारि,सनम कठायत,रश्मि भट्ट,सरस्वति फ्युयाल सहितका कलाकारको अभिनय रहेको छ । उक्त गीतलाई एलबी प्रोडक्शनको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरेका छन्।।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्