१६ भदौ,घोराही –
राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले आजदेखी आन्दोलन फिर्ता लिएका छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंह माथी दुव्र्यवहार गरेको मुख्य आरोपित सहित ३ जना पक्राउ परेपछि स्वास्थ्यकर्मीहरुले आजदेखी आन्दोलन फिर्ता लिएका हुन् ।
गत शनिवार देखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुलेआकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पादै आन्दोलनमा उत्रिएका थिए । गत शुक्रवार अस्पतालका डाक्टर सिंह नेकपा एमालेको विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियार सहितको टोलीले मोसो दलेर दुव्र्यवहार गरेको थियो ।।
प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार