२०८१ असार २ गते शनिवार

प्युठानमा सडेको अवस्थामा एक पुरुषको शव फेला



१६ साउन, दाङ-
प्युठानमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्युठान नगरपालिका वडा नं ५ आरुडाँडास्थित बाटो मुनी एक खोल्सामा स्थानीय ५६ वर्षीय दाइराम थापाको शव फेला परेको हो ।

थापाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनाराण थापाले बताउनुभयो ।

डिएसपी थापाकाअनुसार दाइरामको शवको केही भाग सडिसकेको छ । स्थानीय लक्ष्मण भण्डारीका अनुसार मृत भेटिएका थापा साउन १२ गतेका दिन विहान अदुवा, वेसार बेच्न भनि बिजुवार बजार जानुभएको थियो ।

सोही दिन साँझ गाडीमा चामल लिएर घर फर्किनसभएका उहाँ छिमेकीको घरमा चामल राखेर एकैछिन पछि आउँछु भनेर निस्केपछि बेपत्ता हुनुभएको थियो । स्थानीयले खोजी गर्दै जादा थापा ५ दिनपछि आज मृत अवस्थामा फेला परेका हुन् ।।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्