२०८२ बैशाख १८ गते बुधवार

एटिएम तोडफोड गरेको अभियोगमा घोराहीका दुईजना पक्राउ



१७ साउन, घोराही –
दाङको घोराहीमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही साउन १२ गते राती घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको थियो ।

उक्त एटिएम मेसिन तोडफोड गरेको अभियोगमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ बर्षिय सुबास विक र सोही ठाउँको सुन्दरनगर टोलमा बस्ने १८ बर्षिय प्रकाश भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई घोराही बजारबाट नियन्त्रणमा लिई आबस्यक अनुसन्धान प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्