२०८१ असार ६ गते बुधवार

घोराहीमा लोकसेवाका परिक्षार्थिलाई आवासको समस्या



१७ असार,घोराही –
दाङको घोराहीमा बास बस्नका लागि होटेलको समस्या पुनः देखा परेको छ । मावि तहको शिक्षक अध्यापन अनुमती पत्र लाईसेन्सका लागि लिन थालिएको परिक्षामा जिल्ला बाहिरबाट सहभागी हुन आएका परिक्षार्थिहरुलाई होटेलमा बास बस्नका लागी कोठाको समस्या देखिएको छ ।

दाङको घोराहीमा परिक्षा केन्द्र तोकिएपछि विभिन्न जिल्लाबाट परिक्षा दिनका लागि दाङ आएकाहरुलाई घोराहीका होटेलमा कोठाको समस्या देखा परेको हो । शिक्षक लाईसेन्सका लागि भोली शनिवार परिक्षा हुनेभएपछि आज दाङमा बास बस्न आएकाहरुले होटेलमा कोठा नपाउदा समस्या भएको बताएका छन् ।

यसअघि पनि दाङमा लोक सेवाको परिक्षा सञ्चालन गर्दा होटलमा बास बस्नका लागि समस्या देखिएको थियो । अहिले पनि जिल्ला बाहिरबाट ५ हजार परिक्षार्थि मात्रै परिक्षाका लागि दाङमा आउदा साना तथा ठुला अधिकांश होटेलले कोठा खाली नभएको जनएका छन् ।।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्