२०८१ असार २ गते शनिवार

फोहर ब्यबस्थापनका लागि हापुरेमा डस्टबीन



१७ असार, दाङ – दाङको बबई गाउँपालिकामा फोहर ब्यबस्थापनका लागि डस्टबीनको ब्यबस्थापन गरिएको छ । गाउँपालिका क्षेत्र तथा हापुरे बजारक्षेत्रको फोहर ब्यबस्थापनका लागि डस्टबीनको ब्यबस्थापन गरिएको हो ।

गाउँपालिकाको सामाजिक शाखा मार्फत् गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन गर्न डस्टबीन ब्यबस्थापन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लका अनुसार गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन गर्न दुई प्रकारका डस्टबीन ब्यबस्थापन गरिएको हो ।
बजारक्षेत्रका विभिन्न १५ स्थानमा डस्टबीनको ब्यबस्थापन गरिएको सामाजिक बिकास शाखा प्रमुख तेजेन्द्र घर्तीले जानकारी दिनुभएको छ । बजारक्षेत्रमा हुने फोहर जथाभावी फाल्ने प्रचलन रहेकोले त्यसको ब्यबस्थापनका लागि पहिलो चरणमा डस्टबीनको ब्यबस्थापन गरिएको छ ।

यस्तै गाउँपालिका प्रशासन भवन रहेको क्षेत्रका विभिन्न दश स्थानमा डस्टबीनको ब्यबस्था गरिएको छ । फोहर ब्यबस्थापनका लागि गाउँपालिकाले एक ट्रयाक्टर खरिद गरेको छ भने ल्याण्डफिल साइड निर्माणको चरणमा रहेको छ ।।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्