२०८१ असार २ गते शनिवार

खुशी साट्न पल शाह गृहजिल्ला दाङ आउने



१९ जेठ, दाङ- ‘पुजार सार्की’ चलचित्र  सफलताको खुशी साट्न नायक पल शाह आइतबार दाङ आउने भएका छन् । शाहले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी गराएका हुन् । ´हाम्रो चलचित्र ‘पुजार सार्की’लाई अत्यन्त सफल बनाइदिनुभएकोमा संसारभर रहनुभएका प्यारा दर्शकहरू प्रति निकै आभारी छौँ।` पल लेख्छन् -´ रिलिजको पहिलो हप्ता काठमाडौं उपत्यका र जापानको टोकियोमा समेत प्रिय दर्शकसँग भेट्नको लागि पुग्यौँ। अब म र हाम्रो टिम प्रिय दर्शकलाई भेट्न दाङ, नेपालगञ्ज र धनगढी आउँदैछौँ।`

पलको गृहजिल्ला दाङका दर्शकसंग खुशी साट्न र चलचित्रप्रतिको दङ्गाली दर्शकको प्रतिक्रिया बुझ्न पल र चलचित्रका निर्देशक दिनेश रावत दाङ आउन लागेका हुन् । नारायणपुरमा रहेको जिल्लाको एकमात्र मल्टिप्लेक्स “भिएफएक्स सिनेमाज”हलमा आइतबार बिहान दर्शकसङ्ग भेटघाट गर्ने कार्यक्रम रहेको हल सञ्चालक विजय रावतछ।

शनिवार नेपालगञ्जको ‘सिनेरोयल नेपालगञ्ज’ र ‘QFX बागेश्वरी’ हलमा दर्शकलाई भेट्दै पश्चिम नेपालको मोफसल यात्रा आरम्भ गर्ने ‘पुजार सार्की’ टिमले आइतबार दाङको ´Vfx Cinema` र धनगढीमा STS Cinema हलका दर्शकसंग चलचित्र सफलताको खुशी साट्ने सेड्युल बनाएको छ।

विकास सुबेदीले लेखेको ‘पुजार सार्की’मा पल शाहका अलवा आर्यन सिग्देल, प्रदीप खड्का,अञ्जना बराइली, परीक्षा लिम्बु लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्र जेठ १० गते बुद्ध जयन्तीको दिनबाट प्रदर्शनमा आएको हो।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्