२०८१ जेष्ठ ३० गते बुधवार

आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि



१८ जेठ,घोराही –
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।

आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र आउँदो शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुुल्कमा रकम वृद्धि हुनेछ । विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।

अब एमबीबीएस, बीडी एस, बीएन एस लगायतका चिकित्सा शिक्षाका स्नातक तहमा नयाँ भर्नाका विद्यार्थीले नयाँ भर्ना शुुल्क तिर्नुपर्नेछ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्