२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु



१८ जेठ,घोराही –
मंगलबार (आज) कोरोनाबाट दाङका थप ३ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले दिएको आज दिउसो ३ बजे सम्मको विवरण अनुसार मृत्युु हुुनेमा दुई पुरुष र एक महिला रहेका छन ।

घोराहीका दई पुरुष र एक महिला, तुलसीपुरका दई महिला र लमहीका एक महिला रहेको केन्द्रले जनाकारी दिएको छ । कोरोना विषेश अस्पताल बेलझुण्डीमा उपचाररत घोराही १४ का ५५ वर्षिय पुुरुष र दंगीशरण ५ का ६२ वर्षिय पुरुषको मृत्युभएको छ ।

त्यस्तै तुलसीपुर १५ का ८५ वर्षिय कोरोना संक्रमितको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । योसँगै बैशाख जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्