२०८१ चैत्र १३ गते बुधवार

जापानमा ९० लाख घर खाली



१९ बैशाख,काठमाडौं- जापानमा खाली घरहरूको सङ्ख्या ९० लाख नाघेको छ । पाँच वर्षमा पाँच लाखले बढेर खाली घरहरूको सङ्ख्या ९० लाख नाघेको जापानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

जापानमा अहिले कुल घरको झन्डै १४ प्रतिशत घर खाली रहेका छन् । आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण प्रतिवेदनअनुसार विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घर उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् । तीन लाख ३० हजार बिक्रीका लागि छन् । तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग हुन्छन् । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् ।।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्