१८ बैशाख,घोराही /
दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ६५ वेडको अस्पताल बन्ने भएको छ । अस्पतालको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अवलोकन गर्दै ६५ वेड बनाउन सुरु भएको बताउनुभयो । जिल्लाका बिभिन्न स्थानको अनुगमण र निरिक्षण गरेर फर्कने क्रममा बेलझुण्डी स्थित कोरोना अस्पतालमा पुगेर उहाँले त्यहाँको अबस्था बुझ्नु भएको थियो ।
सो अबसरमा ब्यबस्थापक दोर्ण वली र मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिहले अक्सिजनको अभाब भएको भन्दै तत्काल बेड थप्न सम्भब नभएको बताउनु भएको थियो । अक्सिजनको ६५ बेड सम्म ब्यबस्थापनका लागि सरोकारवालाहरुसगं निरन्तर छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
यस्तै उहाँले जनशक्ति थप गर्ने प्रक्रिया सुरु गर्न पनि उहाँले ब्यबस्थापक वलीलाई आग्रह गर्नुभएको छ । भबन तथा थप गर्ने कोठाहरु ब्यबस्थापनका लागि नेपाली सेनाको टोलि अस्पतालमा पुगिसकेको छ ।।