२०८१ साउन ३ गते बिहिवार

२४ घण्टा भित्र दाङका २ जनाको मृत्यु



१८ बैशाख,घोराही ।
दाङमा कोरोना भाइरसको संक्रमणबाट शनिबार दाङका थप २ जनाको मृत्युभएको छ । आज मृत्यु हुनेमा दंगीशरण गाँउपालिका र तुल्सीपुर उपमहानगरपालिकाका एक–एक जना रहेका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का ४६ बर्षिया एक महिलाको मृत्यु भएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

अस्पतालमा सुरुदेखी नै आईसियु कक्षमा उपचाररत ती महिलाको आज गएराति दुई बजे मृत्यु भएको थियो । उहालाई निमोनिया संगै कोरोना संक्रमण देखीएको थियो । यो संगै अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यस्तै दंगीशरण गाँउपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको कोरोनाको कारण आज बिहान ४ बजे नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट दाङका ७८ जनाको मृत्युभएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्