घोराही, १८ बैशाख /
आज दाङका १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ८२ जनामा गरिएको स्वाब परिक्षणमा ५१ जनामा र जिल्ला बाहिर ९४ जना गरि १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ३६ जना, तुलसीपुरका १० जना, लमही र बर्बइका २/२ जनामा र दंगिशरणका एक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, जिल्ला बाहिर स्वाब परिक्षण गराएकाहरु मध्य तुलसीपुरका ५९, घोराहीका २६, गढवा र राप्तीका २/२ जनामा, लमही, शान्तिनगर, दंगिशरण, बबई, शान्तिनगर र बंगलाचुलीका एक÷एक जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दाङमा अहिले १ हाजार ५ सय ५ जना सकृय बिरामी छन् । अहिले कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५० जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १८ जना बिरामीको उपचार भैरहेको छ । यस्तै बाकी केही जिल्ला बाहिर र होम आईशोलेशनमा बसेका छन् ।