२०८१ फाल्गुन ४ गते आइतवार

बेलझुण्डिमा उपचाररत एक महिलाको मृत्यु



१८ बैशाख,घोराही । दाङका कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा गएको शनिवार देखी आईसियु कक्षमा उपचाररत तुलसीपुर १३ बस्ने ४६ बर्षिया एक महिलाको मृत्यु भएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
ती महिलाको शनिवार विहान सवा दुई बजे मृत्यु भएको हो ।

उहालाई निमोनिया संगै कोरोना संक्रमण देखीएको थियो । यो संगै अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १४ पुगेको छ । अहिले अस्पतालमा ४८ जना उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्