१८ बैशाख,घोराही । भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा एकैदिन ४ लाख २ हजार १ सय १० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ३५ सय २२ जनाको मृत्यु भएको छ ।
यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८ सय ३५ पुगेको छ । यसरी भारतमा एक करोड ५६ लाख ७३ हजार ३ जनाले कोरोनालाई जितेका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार