२०८० फाल्गुन ११ गते शुक्रवार

स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ : राजेन्द्र लिङ्देन



१८ चैत,जनकपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताएका छन् ।

पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुग्नुभएका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुसँग चुनावी तालमेल हुन सक्ने बताए।

यद्यपि अहिलेसम्म औपचारिकरूपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको उनको भनाइ थियो । देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले कुनै दलसँग तालमेल नभए पनि आफ्नो पार्टीले एक्लै उम्मेदवारी दिने तयारी गरेको बताए।

आफ्नो पार्टीले जितेको स्थानीय तहलाई नमूनाका रूपमा विकाससँगै जनतालाई प्रत्यक्षरूपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासनको अनूभुति गराएको दाबी गर्नुभयो ।

भ्रष्टाचार अन्त्य गरिने
आज नै उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले वर्तमान सङ्घीय गणतन्त्रात्मक व्यवस्थाभित्र देखा परिरहेका भ्रष्टाचार, कुशासन जस्ता विकृति, संस्कार र राजनीतिक संस्कृतिको अन्त्य गर्ने बताएका छन् ।

सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशबाट भ्रष्टाचार अन्त्य गर्न र कुशासनविरुद्ध राप्रपा पार्टीले व्यापक अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्