२०८० फाल्गुन १८ गते शुक्रवार

घरेलु द्धारा कृषक, उद्यमीहरुलाई यन्त्र उपकरण वितरण




१८ चैत्र, घोराही – घरेलु तथा साना उद्योग कार्यालय घोराहीले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट नव प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत विभिन्न कृषक, उद्यमीहरुलाई यन्त्र उपकरण वितरण गरेको छ ।

कार्य सम्पादनलाई प्रभावकारी बनाउन तथा विनियोजित बजेटलाई लक्षित वर्गको सेवामा गुणस्तरीयताका कायम गर्न सेवाग्राहीबाट आशय पत्रका आधारमा बजेट विनियोजन गरी उनीहरुबाटै आवश्यक सामान खरीद गरी आज एक समारोहका बीच कृषि सम्बन्धी यन्त्र उपकरण वितरण गरिएको कार्यालय निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिनुुभयो । उहाँका अनुसार यस वर्षको दोश्रो चौमासिकसम्मको पूजीगत खर्च, उद्योग दर्ता तथा राजश्व संकलनको अवस्था लुम्बिनी प्रदेशमै पहिलो नम्बरमा रहेको दावी गरिएको छ ।

यस्तै, उहाँले विनियोजित बजेटबाट अनुदानका रुपमा दिइएको उपकरण तथा सामग्री ५ वर्षसम्म सम्बन्धित व्यक्ति वा उद्यमीले प्रयोग गर्नुंपर्ने शर्त राखिएको छ । यो बीचमा कोही कसैले दुरुपयोग गरेमा वा अन्य ठाउँमा प्रयोग गरेमा लागत असुल उपर हुने पनि निमित्त कार्यालय प्रमुख वलीले बताउनुुभयो ।

घरेलु कार्यालयले प्रविधि सहयोग अन्तर्गत सीप विकास तालिम, प्रदेश चिनारी विशेष प्याकेज कार्यक्रम तथा अन्य प्रविधि सम्बन्धी सहयोग गरिएको छ । आज जिल्ला स्तरमा लघु उद्योग तथा साना उद्यमीहरुलाई प्रविधिमा आधारित सहयोग अन्तर्गत २९ जनालाई ८० प्रतिशत अनुदानमा १३ लाख ९६ हजार ७ सय ६१ रुपैयाँको सामान वितरण गरिएको छ ।

यस्तै, ग्रामीण क्षेत्रमा नवप्रवद्र्धनात्मक उद्यमलाई सहयोग अन्तर्गत १७ जनालाई ८ लाख २९ हजार ८ सय बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्