२०८० फाल्गुन १२ गते शनिवार

प्युठानमा बसको ठक्करबाट एक बालकको मृत्यु



१८ चैत्र, प्युठान –
प्युठानको नौबहिनी गाउँपालिका–४ मा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँ निवासी टुकमान पुनका ८ वर्षीय छोरा सरोज पुन रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्