२०८१ माघ २६ गते शनिवार

शिविरमा ९० जना महिलाले स्वास्थ्य लाभ लिए




१८ चैत,घोराही – घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को आयोजनामा आज महिलाको प्रजन्न तथा पाठेघरको मुखको क्यान्सर भिआईए जाँच गर्ने १ दिने शिविर सम्पन्न भएको छ ।

वडा नंम्वर १४ को आयोजनामा नयाँ बजार शहरी स्वास्थ्य केन्द्र तिनकुने चोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९० जनाले सेवा लिएको केन्द्रका ईन्चार्ज प्रभा आचार्यले जानकारी दिनुभयो ।

महिला विशेषज्ञ डाक्टर विमला तिवारीद्धारा ८० जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाच गरिएको हो भने अन्य १० जनालाई प्रजन्न स्वास्थ्य एवं परिवार योजनाका बारेमा सचेत पारिएको हो ।

आज विहान ११ बजेदेखी सुरु भएको शिविर बेलुकी ६ बजेसम्मै चलेको हो । शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले महिलाको स्वास्थ्य स्वस्थ भएमात्रै घरपरिवार हुदै समाज र राष्ट्र स्वास्थ हुने बताउनु भयो ।

एउटा महिलाको स्वास्थ्य स्वस्थ भएमात्रै त्यस घरपरिवारको सम्पुर्ण कुराहरु स्वस्थ हुने भन्दै महिलाको स्वास्थ्यलाई सबैले गम्भिरताका लिनु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रमको सहजिकरण केन्द्रका ईन्चार्ज आचार्यले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्