२०८१ कार्तिक २३ गते शुक्रवार

 घोराहीमा ७ सय बढीलाई कर कार्यालयको पत्राचार

व्यवसायीको हिसावकिताब पारदर्शि भएन


१८ चैत्र,घोराही – घोराही उपमहानगरपालिका क्षेत्रमा मात्रै सात सय २१ वटा कारोवारको हिसाब नमिल्दा कर कार्यालयले दाङ जिल्ला उद्योग वाणिज्य संघको नाममा पत्र लेख्दै हिसाब मिलान गर्न ताकेता गरेको छ । व्यसायीहरुले खरिद विक्रिमा विल मार्फत हिसावहरु नराख्दा मिस म्याच भएको आन्तरीक राजश्वकार्यालय तुलसीपुरले जनाएको छ ।

कार्यालयले अब जरिवाना गर्ने भएपछि व्यापारीहरु चिन्तित भएका छन् । खरीद गरेको स्थानबाट गएको हिसाव र व्यवसायीले करमा बुझाएको कारोवारमा अन्तर देखिएपछि मिस म्याच भएको प्रमुख धनेश्वर शर्माले वताउनुभयो । उहाँका अनुसार एक हजार देखि करोड सम्मै अन्तर देखिएको छ ।

केहि व्यवसायीको लगातार तिन आर्थीक वर्ष सम्मको मिस म्याच आएको छ । गत माघ एक देखि चैत २५ सम्म हिसाव मिलाउन आन्तरिक राजश्व कार्यालयले पत्र पठाएको संघका सदस्य माधव खनालले वताउनुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्