२०८१ जेष्ठ ३१ गते बिहिवार

मतगणना स्थलको सबै ठाउँमा सीसीटीभी जोडिने



१८ चैत्र, घोराही  – आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो ।

सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । मतपत्र छपाई हिजोदेखि सुरु भएको र मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको संख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता संख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्