२०८२ बैशाख १२ गते बिहिवार

तुलसीपुर एक महिला मृत फेला



१७ फागुन, तुलसीपुर- दाङको तुलसीपुरमा एक महिला मृत फेला परेकी छन । सुर्खेतको लेकबेसी-१० कि ४० बर्षिय सीता पोख्रेल रहेको इलाक प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर-३ राम्री स्थित हाइवय बाटोबाट करिब ३ सय मिटर भित्र गाँउतिर जाने गोरेटो बाटोको छेउमा पोख्रेल मृत भेटिएकी थिइन । अस्थायी प्रहरी पोष्ट गोठिखालाबाट प्रहरी टोलि खटीएर मृत पोख्रेलको उदार गरेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको छ । मृतकको छोरा हेमराज पोख्रेलले फोन मार्फत सनाखत गरेका छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्