१७ फागुन,घोराही- नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक आयुर्वेद कलेज बन्द भएको छ । चिकित्सा शिक्षा आयोगले मापदण्ड नपुगेको भन्दै विश्वविद्यालयलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।
संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको पहिलो आयुर्वेद क्याम्पस मिथिला आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर चिकित्सा शिक्षा आयोगको मापदण्डबिना नै सञ्चालनमा आएको थियो ।
विश्वविद्यालयले पटक–पटक क्याम्पसलाई विद्यार्थीहरु पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तयारीका लागि निर्देशनसमेत दिदै आएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयले २०६४ सालमा उक्त क्याम्पसलाई आयुर्वेद स्नातक तह कक्षा सञ्चालनका लागि सम्बन्धन दिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका प्रमुख (डीन) प्रा.डा. सञ्जय पोख्रेलले पटक–पटक क्याम्पसलाई भौतिक पूर्वाधार, जनशक्ति तयार गर्न दिएको निर्देशन पूरा नगरेका कारण सम्बन्धन खारेज गरिएको जानकारी दिनुभएको छ ।।