२०८१ मङ्सिर २४ गते सोमवार

दाङ औद्योगिक एवं कृषि प्रदर्शनीका लागि प्रचार प्रसार तीव्र



१७ फागुन,घोराही- दाङ जिल्ला उद्योग वाणिज्य संघले यही महिनाको २६ गतेबाट संचालन गर्न थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी २०७८ को अवसरमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफल गरेको छ । आज एक कार्यक्रम गरी आसन्न कृषि प्रदर्शनीलाई सभ्य एयं्र भव्य रुपमा सम्पन्न गर्न संचारमाध्यमबाट प्रचार प्रसार गर्दै यहाँको कृषि, पर्यटन र आर्थिक क्षेत्र उत्थानमा भूमिका बढाउन अपिल गरिएको छ ।

यस्तै, प्रचार प्रसार व्यापक रुपमा गर्दै प्रदेशका सबै जिल्लाबाट दर्शक आउने वातावरण बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोगी बनि दिन पनि अपिल गरिएको छ । महोत्सव प्रचारप्रसार उपसमिति संयोजक एकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासघलगायत विभिन्न संचारमाध्यममा कार्यरत क्रियाशील पत्रकारलाई प्रचार प्रसार उपसमिति सदस्यमा राखिएको छ ।

सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, महासचिव महेन्द्र बुुढाथोकीलगायतले संघले यसअघि ४ पटक सम्पन्न गरेका मेला महोत्सवबाट प्राप्त भएको रकमले सामाजिक तथा विकास निर्माणको काम गर्दै आएको हुँदा त्यसको पूर्णताका लागि यस पटकको कृषि प्रदर्शनी निकै महत्वपूूर्ण रहेको बताउनुुभयो ।

घोराही १४ झिँगौरामा आयोजना गर्न लागिएको प्रदर्शनी चैत्र ८ गते सम्म संचालन गर्ने गरी यसअघि मूल आयोजक समितिले तालिका सार्वंजनिक गरिसकेको छ भने विभिन्न उपसमिति पनि गठन गरी आन्तरिक तयारी तीव्र पारेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्