२०८१ माघ ५ गते शनिवार

आफ्नै नेताले लगाए कालोमोसो र चप्पलको माला



१७ फागुन,कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह)ले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ ।

बिप्लवका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि.क.लाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो ।

विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो ।

उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आरोपमा उहाँलाई २०७७ साल मै पार्टीले कार्यवाही गरेको उहाँले बताउनुभयो । स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा बिप्लव समूहका गतिविधि सुरु हुन थालेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्