२०८१ फाल्गुन ४ गते आइतवार

आज महाशिवरात्रि, धारापानीमा दर्शनार्थीको घुइँचो



१७ फागुन,घोराही- प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज दाङ लगाएत देशभर मनाइँदैछ ।
महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यसैविच दाङको धारापानी मन्दिरमा बिहानै देखि भक्तजनहरुको भिड लागेको छ ।

महाशिवरात्रिको अबसरमा यसवर्ष करिब साढे दुई लाख भक्तजनहरुले अवलोकन गर्ने आकलन गरिएको धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्