२०८१ माघ १२ गते शनिवार

टरिगाउँमा इन्धन डिपोको काम अन्तिम चरणमा



१८ माघ,दाङ –
दाङको टरिगाउँ विमानस्थलमा निर्माणाधीन हवाई इन्धन डिपोको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगम इञ्जिनियिरिङ परियोजनाका उपनिर्देशक भरत रेग्मीका अनुसार ८५ प्रतिशत काम पूरा भइसकेको छ ।

२०७९ असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ड्रागन/एनसी/फाल्गुनानन्द जेभीले २०७८ साउन ३ गते निर्माणको काम मात्रै डेढ करोड लागतमा निगमसँग सम्झौता गरेको थियो ।

स्टोरेज ट्यांकी, बाउजर र निर्माणको काम भ्याटसहित चार करोड भए पनि दुई करोड ५० लाख मूल्य बराबरको स्टोरेज ट्यांकी र बाउजर खरिद गरिसकिएको छ ।

स्टोरेज ट्यांकी निर्माणस्थलमा तयारी अवस्थामा राखिएको छ भने त्यसको व्यवस्थापनका लागि स्ट्याण्ड, वाल र फिलिङको काम सम्पन्न भइसकेको निगमले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्