२०८१ चैत्र १३ गते बुधवार

२८ औँ साधारणसभाको अबसरमा २७ जना पत्रकार पुरस्कृत एवं सम्मानित



१९ माघ,घोराही ।
नेपाल पत्रकार महासंघ दाङले २८ औँ साधारणसभाको अबसरमा तीन जना रेडियो मध्यपश्चिमकर्मी सहित २७ जना पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

महासंघले रेडियो मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्तीलाई चिन्तामणी जमुना पोख्रेल स्मृती पुरस्कार, समाचारदाता चन्द्रप्रकाश नेपालीलाईपत्रकारीता प्रोत्साहन पुरस्कार र कार्यक्रम समताका प्रस्तोता पत्रकार शारदा शर्मालाई योगदान पत्रकारीताबाट सम्मान गरेको हो ।

त्यसैगरी महासंघले विपुल पोख्रेललाई अविराम पत्रकारीता सम्मान, केवी मसाल, प्रताप रेग्मीलाई योगदान पत्रकारीताबाट सम्मान गरेको छ भने बसुन्धरा गौतमलाई पत्रकारीता प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

साथै पत्रकारहरु नरेन्द्र केसी, शुसिल बस्नेत, संगित बस्याल, शरद रेग्मी, सन्तोष सुबेदी, बसन्त पौडेल, शिबराज खनाल, चन्द्र खनाल, अनन्त आरसी, सुमन केसी, दिपक ओली, किरण गौतम, धुब्रराज न्यौपाने, यमकला भुसाल, सवि थारु, शैलेस अधिकारी, प्रियास्मृती गजमेर, रमा नेपाली, भागवत भटराई र उमा भण्डारीलाई महासंघले पुरस्कृत गरेको हो ।

त्यसैगरी, महासंघले सञ्चार माध्यम तर्फ प्रदेश टुडे दैनिक, रेडियो झरना, राजमार्ग अनलाईन र सप्तरंगी टेलिभिजनलाई सम्मान गरेको छ ।

महासंघले संस्थागत विकासमा योगदान पु¥याएको भन्दै घोराही उपमहानगरपालिकाका कार्यालय, वडा नम्बर १४, वडा नम्बर १५, दाङ जिल्ला उद्योग बाणिज्य संघ र कार्यालय सचिब अमिता चौधरीलाई कदर पत्र प्रदान गरेको छ । महासंघले अक्ष्यकोष स्थापनाकर्ता चन्द्रप्रसाद भटराईलाई कदर पत्र प्रदान गरेको छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि पत्रकार तथा संचार माध्यमहरुलाई सम्मान एवं पुरस्कृत गरेको हो ।।

 

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्