२०८२ बैशाख १२ गते बिहिवार

तुलसीपुरमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण



१९ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. १६ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडाका २४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले वडामा रहेका २४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।
एक कार्यक्रमको आयोजना गरि उपप्रमुख माया शर्माले जेष्ठ नागरिकलाई कम्बल, बर्की, उनको टोपी, जुत्ता, मोजा हस्तान्तरण गर्नुभएको हो । यसैबीच वडाले वडाका १६ वटा टोल विकास संस्था लाई १ -१ वटा स्प्रे ट्याङ्की वितरण गरेको छ ।

कृषकहरुलाई खेतीबालिमा किटनाशक औषधी छर्न सहज होस भन्ने उद्देश्यले ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष भुप बहादुर केसीले बताउनुभयो । कार्यक्रमको सहजिकरण वडा सचिब मित्रालाल बिकले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्