२०८२ बैशाख ९ गते सोमवार

माग पूरा नभएको भन्दै वडा सदस्यले लगाए ताला



१९ माघ, घोराही । आफुहरुको माग पुरा नगरेको भन्दै दाङको राजपुर गाउँपालिकामा वडा कार्यपालिका सदस्यहरुले ताला लगाएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको नेतृत्वमा २१ जनासदस्यहरूले १४ गते केही माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएका थिए ।

आजगाउँपालिकामा १० बजे नै पुगेको कार्यपालिका सदस्यहरूले तिनवटा ताला गेटमा लगाएका हुन् । आफुहरुको कुनै पनि प्रस्ताबहरुमा गम्भिर भएर छलफल नहुने र बेवास्ता गरेका कारण बाध्य भएर ताला लगाईएको उनिहरुको भनाई छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्