१९ माघ । कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन फागनु २१ बाट प्रसारण हुने भएको छ । पहिलो सिजनमै लोकप्रिय भएको सोको दोस्रो सिजन साताको दुई दिन शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
डिजिटल अडिसन सकेको च्याम्पियन टिमले अहिले फिजिकल अडिसन छायांकन गरिरहेको छ । पहिलो सिजनभन्दा दोस्रो सिजनको सो उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने कार्यक्रम निर्देशक विशाल भण्डारी बताउँछन् । उनले पहिलो सिजनका कमिकमजोरी दोस्रो सिजनमा सुधार्ने बताएका छन् ।
कमेडी च्याम्पियनको दोस्रो सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकका रुपमा देखिने छन् । थ्रि प्रोडक्सनको प्रस्तुतिमा तयार भएको कमेडी च्याम्पियनको दोस्रो सिजन पनि रिमा विश्वकर्माले होस्ट गर्ने छिन् ।
कमेडी च्याम्पियनको पहिलो सिजनको उपाधि हिमेश पन्तले जितेका थिए ।