१९ माघ,घोराही ।
नेपाली कांग्रेसका नेता एवं केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले मुलुकअहिले राजनैतिक संकटमा रहेका भन्दै संविधान सर्वोच्चताको संरक्षणका लागि नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको बताउनुभएको छ । घोराहीमा पत्रकार भेटघाटको क्रममा पाटिले दुई चरणको विरोभ सभा सकेर आज (सोमबार) बाट तेस्रो चरणको विरोध सभामा आफुहरु रहेको बताउनुुभएको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माले असंबैधानीक एवं अलोकतान्त्रीक तवरले प्रतिनिधी सभा संसद विघटन गरेको भन्दै यो कदमलाई कांग्रसले प्रतिगामी सर्वोसत्तावादी कदम भएकोे बताउनुुभयो ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रमकी प्रमुख अतिथी संग्रौलाले नेपाली कांग्रेस यतिवेला १४ औै महाधिवेशनको संघारमा रहेको बताउनुभएको छ । संविधानको सर्वोच्चतासंगै पाटिको बैधता दुबैलाई बचाउनुपर्ने अहम भुमिका भएकाले नेपाली कांग्रेस क्रियासिलको नविकरण,नयाँ वितरण , पाटि भित्र संगठनको शुद्धिकरणसंगै समयमै महाधिवेशन गर्न केन्द्रले तयारी थालेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पाटि (नेकपा)लाई जनताले करिव दुई तिहाईको बहुमत दिएको अवस्थामा पाँच वर्षको जनादेशलाई लत्याएर संविधान माथी प्रहार भएको भन्दै कांग्रेसले सर्वोच्चले कानुनी राज्यको अनुभुति गराउनुपर्ने बताउनुभएको थियो ।