२०८१ माघ १२ गते शनिवार

रुकुम पश्चिमा एक महिलाको रहस्यमय मृत्य



१७ पुस,दाङ –
रुकुम पश्चिमा एक महिलाको रहस्यमय मृत्य भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –९ झुला बस्ने २६ वर्षीया कमला खनाल आफ्नै श्रीमान् सँगै रहेको बेला कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

शुक्रबार राति करिब १० बजेको समयमा परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती आफ्नै सलले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले भने कमलाका श्रीमान् दीपक खनाललाई आशंका गरेकोले प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ । थप विवरण भने पोष्टमार्टम पछि मात्रै आउने प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्