२०८१ मङ्सिर २४ गते सोमवार

साँझ कोईला बालेर सुतेका एक व्यक्ति विहान मृत भेटिए



१७ पुस,दाङ –
दाङमा कोईला बालेर सुतेका एक ब्यक्तीको विहान हेर्दा मृत्यु भएको प्रहरीले बताएको छ । झ्याल ढोका थुनेर कोईलावाली सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका वडा नम्बर ९ अमिलिया बस्दै आएका २९ बर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान श्रीमति कोईला बालेर सुतेका थिए । विहान ४ बजेतिर उनकी श्रीमति शुसिला सुनार उठ्ने बेला उनको मृत्यु भइसकेको थियो ।

१९ वर्षिय  श्रीमतिको पनि रक्तचाप कम भइसकेको अबस्थामा उपचारकालागि अस्पताल लगिएको थियो । उनको अबस्था सामान्य छ । उनी अमिलियाको सोभा होटेलमा खान बनाउने काम गर्दै आएका थिए ।।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्