२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुर खानेपानीमा नेतृत्व चुन्न मतदान जारी



१७ पुस, दाङ- दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चुन्न शनिबार बिहानदेखि मतदान सुरु भएको छ।  बिहान पौने आठ बजेदेखि सुरु भएको मतदानको समय बेलुका साढे चार बजेसम्म निर्धारण गरिएको छ।

नेतृत्वको लागि नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाली काँग्रेसकै पवनराज बुढाथोकीको अर्कौ प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन्।  भण्डारीको प्यालनबाट उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वली रहेका छन् । खानेपानीको कार्यसमितिमध्ये केही सदस्य पदमा सर्वसम्मत भए पनि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई खुला सदस्य प्रदान गरिएको छ।

त्यस्तै बुढाथोकी प्यानलबाट काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा प्रतिष्पर्धी छन् । तुलसीपुर खानेपानीमा ८ हजार १ सय ६५ उपभोक्ता छन् ।

तर, त्यसमध्ये निर्धारित समयमा महशुल बुझाएका करिब ७ हजार ४ सय ६७ जना मात्रै मताधिकार पाएका छन् । मतदान तुलसीपुरस्थित अरनिको खेल मैदानमा भइरहेको छ । बिहान नौ बजेसम्म ३ सय १५ मत खसेको निर्वाचन अधिकृत पुष्कर भण्डारीले सेतोपाटीलाई बताए ।।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्