१७ पुस,दाङ ।
दाङ प्रहरीले नेपालमा प्रतिबन्धित मंगुर जातको माछालाई बरामद गरि नष्ट गरेको छ ।
मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने प्रतिबन्धित मंगुर माछा बरामद गरी नष्ट गर्ने अभियान शुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रहरीले तुलसीपुर उपमहानगरपालीका वडा नबर ५ तुलसीपुर बजारका बिभिन्न स्थानमा सञ्चालनमा रहेका माछा पसलबाट झण्डै साँढे ४ सय किलो मंगुर जातको माछा बरामद गरेको हो ।
बरामद गरिएको माछा बिभिन्न ब्यक्तिको रोवहरमा पातुखोलाको वगरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । यता ब्यबसायिहरुले भने माछा बरामद गरि नष्ट गर्ने कार्यप्रति असन्तुष्टी जनाएका छन ।।