१७ पुस,घोराह ।
दाङमा अब कोरोना भाइरस परिक्षण रिपोर्ट ३० मिनेटमै आउने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार१५ देखी ३० मिनेटमा कोरोना भए नभएको रिपोर्ट आउने गरी काम सुरुभएको छ ।
स्वाब लिएकै स्थानमा कोरोनाको रिपोर्ट दिने गरि स्थानिय तहहरुमा किट वितरण र स्वास्थ्यकर्मीलाई तालिम समेत दिईसकेको कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।
पिसिआर गर्दा अपनाउने तरिकानै प्रयोग हुने र बफर सोलुसनमा स्वाब राखेर ३० मिनेटमा रिपोर्ट आउने प्रविधीको प्रयोग सुरुभएको उहाँको भनाई छ । यसका लागि दाङमा पहिलो चरणमा ३ हजार किट आएको छ ।
स्वास्थ्य कार्यालय दाङले उक्त किटलाई घोराही, तुलसीपुर, लमही, शान्तिनगर र प्रादेशिक अस्पतालमा उपलब्ध गराएको छ । वास्थ्य कार्यालयले सम्बन्धीत स्थानिय तहको स्वास्थ्य शाखा प्रमुख, ल्याब प्राविधिक र अस्पतालका स्वास्थ्यकर्मीलाई प्रयोगको विषयमा तालिम समेत दिईसकेको जनाएको छ ।
तत्कालका लागि उक्त किटबाट उपचारमा खट्ने स्वास्थ्यकर्मी, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति, लक्षण देखिएका व्यक्ति र सुरक्षाकर्मीमा प्रयोग गरिने भएको छ ।
यसैविच दाङमा अहिले सम्म ३ हजार ४ सय ४८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ३ हजार ३ सय ६१ जना कोरोना मुक्त भएका छन् ।
अहिले एक सय ४३ जना सकृय संक्रमित रहेको र ति मध्य ९० जना घरमै बसेका छन् भने ५३ जना संस्थागत आइसोलेशनमा रहेका छन् । दाङमा अहिले सम्म कोरोना संक्रमणबाट ४४ जनाको मृत्युभएको छ भने २३ हजार एक सय २४ जनाको पिसिआर परिक्षण भएको छ ।।