२०८१ माघ २६ गते शनिवार

इलाका प्रहरी कार्यालय चौरजहारि द्वारा आत्माहत्या न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम समपन्न



१७ पुस रुकुम पश्चिम । इलाका प्रहरि कार्यालय चौरजहारिले आत्माहत्या न्यूनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बर्तमान समयमा कुनै न कारणबाट समाजमा आत्माहत्याका घट्नाहरु घटेको पाइएको छ। रुकुम पश्चिमका इलाका प्रहरी कार्यालय चौरजहारिद्वारा कक्षा ८ कक्षा १० सम्मका विद्यार्थीहरुमा जनचेतना मुलक कार्यक्रम गरिएको छ। उक्त जनचेतनामुलक कार्यक्रम रुकुम पश्चिम अवस्थित चौरजहारी नगरपालिका ०१ को भ्याली पब्लिक मा बि मा सम्पन्न भएको छ।

समाज अनि देशमा आत्माहत्या र बालबिबाहका थुप्रै समस्या देखिएपछि जनचेतनामुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय चौरजहारि प्रहरी प्रमुख निरीक्षक कृष्ण डागीले जानकारी दिएका छ्न । उक्त कार्यक्रम चौरजहारि ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक राजु एस के ले हात्महत्या बालबिबाह लागु औषध लगायत बारेमा विद्यार्थीलाई जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्