२०८१ चैत्र १३ गते बुधवार

काङ्ग्रेस बाफिकाेटले मेलमिलापमा गर्यो विशाल सभा

कम्युनिस्ट सरकार र प्रवृती सचीने कि सकिने व्यबहारले निर्धारण गर्नेमा नेताहरुको जोड


१७ पुस,रुकुम पश्चिम ।नेपाली काँग्रेस रुकुम पश्चिम बाफिकोट गाउँपालिकाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ।दिवसको अवसरमा नेपाली काँग्रेस बाफिकोट गाउँपालिका रुकुम पश्चिमले राष्ट्रिय एकता तथा मेलमिलाप महत्व र औंचित्यका बिषयमा कार्यकर्तासंग छलफल गरेको छ। २०३३ पुस १६ गते आजकै दिन तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ।

४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा आयोजित आमसभा बाफिकोट गाउपालिकामा प्रमुख अतिथी केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्थान सदस्य कृष्ण बहादुर रोकाय युवा नेता खडग डागि, पुर्व पार्टी सचीव हर्कसिह खत्री युवा नेता जनक बाठा नेविसंघ केन्द्रिय सदस्य तारक केसी मुसिकोट नगर सभापति महेन्द्र केसी लगायतले वर्तमान समस्याको कारक तत्व प्रचण्ड र माधव समूह रहेको र यसबाट मुलुक जनतालाई निकाश दिन काङ्ग्रेसको काधमा युगिन जिम्मेवारी खडा भएको कुरामा जोड दिनु भयो । विशाल रयाली सहित सम्पन्न कार्यक्रममा नेकपा परित्याग गरि हातिराम खनाल दुर्गा नेपाली टीका खत्री सहित दुई दर्जन नेता कार्यकर्ताहरु काङ्ग्रेस प्रवेश गरेका छन । कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले ८राष्ट्रिय एकता दिवस को ऊपलक्षम फुटेर होइ जुटेर राष्ट्रिय समस्या को समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी नेता रोकायले काग्रेस सकियो भनेर आत्मरतिमा रमाउनेहरु सजग रहन चेतावनी दिए त्यस्तै काङ्ग्रेसका स्थानिय नेता कार्यकर्ताहरु आस्थाको आधारमा दुख दिने नेकपा र रुकुम प्रशासनले आईन्दा सर्वप्रथम आफुलाई कार्वाही गरेर देखाउन चुनौती दिए । त्यस्तै कार्यक्रमका बिशेश अतिथी नेविसंघ पुर्व उपाध्यक्ष समेत रहेका युवा नेता डागिले भने उनीहरुको नेता काग्रेस खोज्दै गुहार माग्दै सानेपा धाइरहेका छ्न उनीहरु काग्रेस लाइ दुश्मन देख्छ्न जस्को जे हैसियत छ त्यही देख्छ्न उनीहरुको कहिले सकारात्मक सोच थियोर अहिले हुन्थ्यो रु उनले प्रश्न गर्दै भने । हाम्रो दुश्मन कुनै बिचार सिद्धान्त समुह होइन हाम्रो दुश्मन समाज को भोक रोग गरिबी अशिक्षा र बेरोजगारी हो। त्यस्तै नेविसंघ निवर्तमान केन्द्रिय सदस्य तथा कोभीड संक्रमण नियन्त्रण तथा अनुगमन समिती रुकुम पश्चिमका संयोजक तारक केसीले बर्तमान सकटको दोस ओलि सरकार लाइ लगायर मात्रै नेकपा का कुनै सरकार र ब्यक्ति पानीमाथी को ओभानो बनेर पन्छिन नमिल्ने भन्दै स्थानीय सरकार र प्रदेश सरकार का भ्रष्टाचार अनियमितता गुण्डागर्दिमा पनि बर्तमान सरकार र दुवै नेकपा उत्तिकै दोसि रहेको जिकिर गर्दै उनले भने नेकपा पतनको दिसामा छ उनीहरुको अन्त्य निश्चित रहेको भन्दै सचिने सुध्रने कि सकिने त्यो उनिहरुको व्यबहारले निर्धारण गर्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्