२०८२ असार ९ गते आइतवार

८४ वर्षको उमेरमा भट्टराईले कसे लगनगाँठो



२८ मंसिर । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् । जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्।

पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ ।

नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्